जनता बैंकको शाखा विस्तार


काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखाबाट कारोबार सुरु गरेको छ । बैंकले चितवन जिल्लाकोे राप्ती नगरपालिका–५ स्थित भण्डारा शाखाबाट कारोबार सुरु गरेको हो । पूर्व–पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ती नगरपालिकाका जनताले यस शाखाबाट अन्य शाखामाझ आधुनिक बैंकिङ सुविधा तथा रेमिट्यान्सको सुविधा लिन सक्नेछन् । बैंकले पूर्व–पश्चिम राजमार्ग भएर आहोरदोहोर गर्ने ग्राहकले यस शाखामार्फत थप सुविधा लिन सक्ने पनि बैंकले जनाएको छ ।
यससँगै चितवनमा जनता बैंकका आठवटा शाखा पुगेका छन् । मुलुकभर यो संख्या ११६ पुगेको छ । यससँगै बैंकले ४० शाखारहित बैंकिङ, दुईवटा सीमित बैंकिङ इकाई, दुई एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?