सीजी फुड्सको ‘क्विक्स फ्रेन्डसिप प्याक’


काठमाडौं : सीजी फुड्सले ‘क्विक्स’ ब्रान्डअन्तर्गत ‘क्विक्स पोटाटो चिप्स’को ‘फ्रेन्डसिप प्याक’ सार्वजनिक गरेको छ । २५ ग्राममा उपलब्ध यो प्याकको मूल्य २० रुपैयाँ निर्धारण गरिएको छ । सबैखाले उपभोक्ताको जिब्रोमा झुन्डिन सफल ‘क्विक्स’ ब्रान्डको नयाँ ‘फ्रेन्डसिप प्याक’ सोर क्रिम एन्ड ओनियन स्वादमा उपलब्ध छ ।
स्वादलाई लामो समयसम्म कायमै राख्न यसमा अन्तर्राष्ट्रिय बजार सुहाउँदो स्वस्थ मेटालिक ¥यापर प्रयोग गरिएको छ । नेपालकै एक मात्र स्वचालित ‘पोटाटो चिप्स प्लान्ट’मा उत्पादित यो प्याक विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम छ । खाँदा कुरुमकुरुम हुने र उत्तिकै स्वादिलो रहेको दाबी कम्पनीले गरेको छ ।
स्न्याक्स उपभोगमा आएको परिवर्तनसँगै सीजी फुड्सले उपभोक्तालाई स्वस्थ स्न्याक्स उपलब्ध गराउन निरन्तर रूपमा यससम्बन्धी अध्ययन, अनुसन्धान गर्दै आएको छ । यही मेहनत र उपभोक्तामुखी उत्पादनका कारण ‘क्विक्स’ ब्रान्ड विगत तीन दशकदेखि सबैखाले उपभोक्ताको पहिलो रोजाइको साथी बन्दै आएको विज्ञिप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?