महालक्ष्मी बैंक सामाजिक कार्यमा


काठमाडौं : महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरेको छ ।
बैंकको भक्तपुर शाखाले काभे्रको बेथानचोक–६ बस्ने ३७ वर्षीय पूर्णमान तामाङलाई मिर्गौला रोगको उपचारका निमित्त ५० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त कार्यक्रममा बंैकका वरिष्ठ प्रबन्धक प्रकाश घिमिरेले तामाङलाई चेक हस्तान्तरण गरेका हुन् ।
मिर्गौला रोग लागी मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आएका तामाङको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पु¥याउने उद्देश्यले बैंकले सो सहयोग गरेको हो । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरू गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?