आन्तरिक र वैदेशिक लगानीबाट हेज फण्डको ब्यवस्था गर्न कोष तयार छ


रामकृष्ण पोखरेल, कार्यकारी निर्देशक, नागरिक लगानी कोष

नेपाल सरकारको छात्रवृतिमा भारतको राजस्थानस्थित उदयपुर विश्वविद्यालयबाट कृषिमा स्नातक गर्नुभएको रामकृष्ण पोखरेलले युएसएआइडीको छात्रबृत्रिमा युनिभरसिटी अफ फिलिपिन्सबाट स्नाकोत्तर गर्नुभएको छ । कृषि बिकास बैकको अनुभव सगै मध्यमान्चल ग्रामिण विकास बैक, गोवार ग्यास कम्पनीको प्रमुख भएर लामो समय काम गर्नुभएको पोखरेलले संयुक्त राष्टसंघको विकेन्द्रीकृत स्वायत्त सासन कार्यक्रमको निर्देशकको रुपमा नेपाल र अफगानिस्तानमा रहेर ११ बर्ष भन्दा बढि समय काम गरीसक्नु भएको छ । हाल भारत,चिन,अमेरिका,वेलायत, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकमा लिएको तालिम र अनुभवलाई कोषको बिकासमा लगाइरहनु भएको छ । कोषको कार्यकारी निर्देशकको रुपमा गत ३ बर्ष देखी कार्यरत पोखरेल सँग मुलुक र कोषको सम– सामयिक बिषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

आर्थिक समृद्धिको कुरा चलिरहेको अवस्थामा कोषको कार्यकारी निर्देशकको हैसियतले लगानी कोषको के कस्तो भुमिका रहन्छ ?
गणतन्त्रात्मक संविधान कार्यान्यनको सिलसिलामा ३ तहको संघिय संरचना, प्रादेशिक संरचना र स्थानिय संरचनाको कार्य पुरा गरीसकेपछि समग्र रुपमा नेपाल र नेपालीको सुख र समृद्धिको लागि बहुमतको सरकार सत्तामा आएको छ । सरकारले अघि सारेको कार्यक्रमहरूमा लगानी कोषले पनि आर्थिक समृद्धि र सुखी नेपालीको लागि आफनो कार्ययोजना बनाउने प्रयास गरेको छ ।
यही प्रयासको सिलसिलमा कोषले आफुसंग बचत भएको १ खर्ब भन्दा बढि रकम सरकारको पं्राथामिकता प्राप्त उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने योजनालाई आत्मसाथ गर्दे कोषले केही बर्ष अघि नै आफनो ५ बर्षे रणनीतिक योजना बनाएको हो । सोही रणनीतिक योजनालाई मुल आधार बनाएर लगानीको बार्षिक कार्यक्रम बनाउदै आघि सारेको छ ।
समग्र रुपमा मुलुकको दोहोरो अंकको आर्थिक वृद्धिदरलाई टेवा दिन लगानी कोषले पनि अहिले भएको नीतिलाई संसोधन गर्दे समयानुकल बनाउने तर्फ कार्य अघि बढाईसकेको छ । यसबाट आर्थिक समृद्धिको क्षेत्रमा लगानी बिस्तार गरी कोष अगाडी जानेछ ।

मुलुकको आर्थिक प्रगतिको कुरा गर्दा जनता र समग्र राष्ट्रको लागि लगानी कोषले के कस्ता योजनाहरू अगाडी सार्ने प्रयास गरेको छ ?
आर्थिक प्रगतिको, समग्र राष्ट्रको उत्थान र प्रगतीको कुरा गर्दा समग्र नेपाली जनताको सुखी र समृद्धिको चाहाना पुरा गर्नका लागि कोषले सातै प्रदेशमा शाखा विस्तार गरी सेवाग्राहीलाई प्रत्यक्ष रुपमा त्यहाँबाट लाभ दिनसक्ने गरी व्यवस्था गर्न आउदो आर्थिक बर्षमा ३ देखी ४ वटा प्रादेशिक स्तरका शाखाहरू खोल्ने योजना बनाएको छ ।
ती शाखाहरूबाट विभिन्न किसिमका योजना कार्यान्वयन र ,बचत संकलन गर्ने आफना सहभागी लगायत त्यस प्रदेशमा भएका परियोजनाहरूमा लागनी गर्न गराउनको लागि वातावरण सिर्जना गर्ने तर्फ कोषले आफना केही अभ्यासहरू अगाडी सारिसकेको छ ।
सन्ुतलित रुपमा कोषको रकम परिचालन होस र सातै प्रदेशमा साना, मझौला र ठुला आयोजनाहरूमा लगानी गर्ने तथा ती प्रदेशहरूमा रहेका कर्मचारीहरूलाई पनि विभिन्न प्रकारका क्रणहरू प्रबाह गर्ने र कोषका सहभागीहरूको आर्थिक उन्नतीका लागि कोषले आफनो योजना अगाडी सार्ने सिलसिलामा केन्द्रिय कार्यालयको कामलाई विकेन्द्रिकृत गर्दे सातै प्रदेशमा समतामुलक खुडकिलोमा जानको लागि कोषले आफनो योजना अघि सारको छ । कार्यक्रमको बिस्तृत विबरण २०७५÷७६ को बार्षिक कार्यक्रममा समावेश गरिने छ ।

नागरिक लगानी कोषले आफुसंग संकलन भएको रकमबाट सरकारको प्राथामिकता प्राप्त क्षेत्रमा लगानी गर्न के कस्तो कदम चाल्ने योजना छ ?
लागनी कोषसंग भएको रकम सरकारको प्राथामिकता क्षेत्रमा लगानी गर्ने कार्ययोजना रहेको छ । लगानी कोषमा संकलन हुने अबकास कोष, बिमा कोष वा उपदान कोषको रकम वा अन्य स्किमहरूबाट संकलन हुने रकम नेपाल सरकारले बनाएको ऐन कानुनको परिधिबाटै आउने गर्छ । कोषले आफनो सेवा प्रभावकारी बनाउदै सेवा र वस्तु बिक्रीको लागि बिज्ञापन गर्नुपर्ने अवस्था छैन । त्यस्ले गर्दा सरकारले बनाएका कानुन,नियमको दायरा अनुसार जहाँ जोखिम कम छन, त्यस्ता परियोजनाहरूमा लगानी गर्ने ,मुलुकको कुल ग्राहस्थ्र्य उत्पादनमा योगदान पु¥याउने र मुलकुभित्रै रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्ने कार्यलाई प्राथामिकतमा राखेको छ ।
सरकारले प्राथामिकता राखेको योजनाहरू जस्ले मुलुकको आर्थिक समृद्धिमा गति दिन, नेपाल भित्रै रोजगारीको अवसर सृजना गर्ने योजनामा कोषले प्राथामिकताको साथ लगानी गर्ने कार्ययोजना बनाएको छ । सरकारबाट आएका सुझाब र निर्देशनलाई कार्यन्व्यन गर्ने गराउने तर्फ कोषले अग्रसरता लिने छ । कोष एक्लैले नभई अरु संस्थाहरू जस्तै लगानी बोर्ड होस वा बैक तथा बित्तिय संस्थासंग सहकार्य गरी र सहबित्तियकरणमा स्वदेसी तथा बिदेसी बित्तिय संस्थाहरूसंग समन्वय गरी परियोजन बढने कोषको कार्ययोजना रहेको छ ।

कोष स्थापना कालमा २ करोड ४० लाख पुँजी निर्धारण गरी सुरुवात भएकोमा सो पुँजी वृद्धि गर्ने के कस्तो योजना रहेको छ ?
यो एकदमै रोचक प्रश्न सोध्नुभयो । २०४७ सालमा छुट्टै ऐनबाट कोष स्थापना भएको हो । त्यस्तो अवस्थामा नेपाल सरकराले २ करोड ४० लाख अधिकृत पुँजीबाट यस्को सेवा सुरु गरेको थियो । चूक्ता पुँजी त अझ त्यो भन्दा पनि कम थियो ।
तर लगानी कोषको कार्यक्षेत्रको विस्तारलाई हेर्दा स्थापना कालको स्वपूँजीको आकार सानो भयो भनी गत बर्ष २०७३÷७४ मा नै नेपाल सरकारसंग अनुरोध गरी एक अर्ब ५० करोड अधिकृत पूंजी पु¥याउने स्विकृती लिइसकेको छ ।
अहिलेसम्म कुनै पनि हकप्रद सेयर नदिइकनै यस्को चुक्ता पूंजी एक अर्ब भैसकेको छ । बोनसबाटै यस्ले ४० गुणा चुक्ता पूंजी वृद्धि गरिसकेको छ । यसको जुन प्रकारको कार्यक्षमता रहेको छ त्यसबाट मुनाफासंगै सहभागीहरूलाई प्रतिवद्धता अनुरुप दिनुपर्ने ब्याज र लाभांस दिईराखेको छ । त्यसैले यस्को पुँजी १ अर्ब ५० करोड मात्रै नभई यस्को आकार ३ अर्ब भन्द बढि हुनुपर्ने देखिन्छ । त्यस्को लागि कोषले ऐन संसोधन प्रक्रिया अघि बढाएको छ । संसोधनमा पनि पुँजी बृद्धिको प्रस्ताव राखिएको छ ।

रोजगारीको लागि बिदेशमा रहेका नेपाली नागरिकको लगानी ल्याउनेतर्फ के कस्तो सोच तपाईसंग रहेको छ र भावी योजना बारे केही भनिदिनोस न ?
वैदेशिक रोजगारीमा जाने मध्ये खाडी मुलुकमा मात्रै झन्डै ४० लाख युवा युवती रहेका छन । त्यतिकैको संख्यामा छिमेकी राष्ट्र भारतमा पनि रोजगारीको लागि गएका छन । करिव ७०-८० लाख नेपाली वैदेशिक रोजगाीको लागि बाहिरिएको अवस्था हामीकहाँ विद्यमान रहेको छ । रोजगारीबाट प्राप्त रकम नेपालमा ल्याएर लगानी गर्ने वा आफना आवश्यकता पुर्ति गर्ने काममा प्रयोग भैरहेको छ ।
त्यसैले आगामी दिनमा नेपाल सरकारसंग सहकार्य गरी लगानी कोषले पुँजी संकलनको कार्य विस्तार गर्ने छ । यो योजनालाई पुरा गर्ने हो भने विदेशमा गएका नेपालीलाई आफुले आर्जन गरेको रकम उपभोगमा खर्च गर्ने प्रवृतिको अन्त्य गरी लगानी आकर्षित गर्न सक्नुपर्छ । यो योजनबाट परीक्षणको रुपमा दक्षिण कोरियाबाट रकम संकलन गर्ने कार्य सुरु गरिसकेको छ । यही योजनासँगै डिबेन्चर÷बण्ड जारी गरेर पनि पँुजी संकलन गर्ने सोंच कोषले लिएको छ ।

लगानी कोषले वैदेशिक लगानी ल्याउन सक्ने के कस्तो संभावना छ ?
कोष एउटा स्वायत्त संस्था हो । यस्ले विभिन्न प्रकारको स्किम मार्फत रकम संकलन गरिरहेको छ । ति संकलित रकमलाई लगानी गर्ने दायित्व पनि कोषको रहेको छ । निश्चित ब्याज वा लाभांस दिने गरी कोषले रकम संकलन गरिरहेको हुन्छ । ंएकाकी योजनमा ८ प्रतिशत ब्याज दिइरहेको छ भने अबकास कोषमा सहभागीलाई ६ दशमलब ५० प्रतिशत ब्याज दिइरहेको छ । यसमा कुनै बेला ७ र ८ प्रतिशत पनि हुने गर्दछ । बजारमा आम्दानी र प्रतिफललाई हेरी कोषले ब्याज पुनरावलोकन गर्ने गर्छ । सहवित्तिय करणमा कोष जाने बातारण बनेमा वैदेशिक लगानी पनि कोषले व्यवस्थापन गर्न सक्छ भनी कोषले ऐन संसोधन प्रक्रिया अघि बढाएको छ ।
मेरो अनुभवमा चाहे त्यो कोरियाका लगानीकर्ता हुन वा अमेरीका वा वेलायतमा बस्ने लगानीकर्ता नै किन नहुन ति सबैले चासो देखाईरहेकोले वैदेशिक लगानीको लागि कोषलाई सरकारले जिम्मेवारी दिने हो भने यसतर्फ कोषले काम अगाडी बढाउन सक्ने छ ।
आन्तरिक र वैदेशिक लगानीबाट हेज फण्डको ब्यवस्था कोषले गर्न सक्ने आशय कोषले अघि सारेको छ । अहिलेको बजेटले पनि उक्त कुरालाई समेटेको छ । यस फण्डको कनसोर्टियममा आफु पनि जाने र वैदेसिक लगानीकर्तासंग संयुक्त रुपमा काम गरी पँुजी बजार र परियोजनामा लगानी जुटाउने क्षमता कोषमा छ भन्ने विश्वास मलाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?