चीनले छिमेकीलाई तर्सायोः अमेरिका


सिंगापुर (एजेन्सी): फेरि एकपटक अमेरिका र चीनबीच वाकयुद्ध चर्किएको छ । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले सिगापुरमा चीनले छिमेकी देशमाथि दादागिरी देखाउदै आफना सबैजसो छिमेकीलाई तर्साएको आरोप लगाएका छन भने चीनले त्यो आरोपको प्रतिबाद समेत गरेको छ । बीबीसीका अनुसार सिगापुरमा आयोजित एक कार्यक्रममा बोल्दै म्याटिसले भने साउथ चाइना सी मा हतियार राख्ने उसको कदमले उसको ब्यापक र गम्भीर उद्देश्यमाथि प्रश्न उठाएको छ । बीबीसीका अनुसार सिगापुरमा आयोजित सुरक्षा सम्मेलनमा बोल्दै अमेरिकी रक्षामन्त्री म्याटिसले भने चीनले साउथ चाइना समून्द्रमा जहाजमा मार हान्ने , जमिनबाट आकाशमा हान्ने इलेक्ट्रोनिक जामर क्षेप्यास्त्र तैनाथ गरेको जनाए । म्याटिसले भने चीनले जे सुकै दाबी गरोस उसको अभिप्राय त्यहा प्रयोग गरिएका र तैनाथ गरिएको हतियारको उद्देश्य धम्कयाउने सिधै हस्तक्षेप गने र सिधै सैन्य प्रयोजन समेत रहेको छ । चीनले त्यसक्षेत्रलाई युद्धकालिन बिशेषता सहित सैन्य अखडा बिकास गर्ने उद्देश्य राखेको छ । अमेरिकाले यस अगाडि देखि नै त्यसबारे सार्बजनिक रुपमा चासो उठाउदै आएको छ । चीनले दाबी गरिरहेको साउथ चाइना सीमाथि चीनका सबैजसो छिमेकीहरूले त्यो सामुन्द्रिक मार्ग उनीहरूको भएको दाबी गर्दै आएका छन । चीनले साउथ चाइना सीमा न्युक्लियर्स बम्बरलाई उतारेपछि अमेरिका चीनको नियतसंग झस्किएको हो । गत बर्ष चीनले साउथ चाइना सीमा गरेको दाबीलाइ फिलिपिन्सले दिएको दाबीलाई छानबीन गर्दा राष्टसंघले अस्वीकार गरेपछि पनि चीनले त्यो आदेश नमान्ने जनाएको थियो । त्यतीबेला राष्टसंघले साउथ चाइना सीमा कुनै ऐतिहासिक अधिकार नभएको बताएको थियो ।तर चीनले साउथ चाइना सीलाई लिएर आजका दिनमा पनि कसैको कुरा सुनेको छैन । चीनले साउथा चाइना सीमा दिएको पछिल्लो प्रतिक्रियापछि जापान दक्षिण कोरिया लगाएत चीनको छिमेकी देश भारतसमेत सतर्क छन। त्यसो त दक्षिण चीन सागरको चासो बढनुको पछाडि यसको गर्भमा धेरै प्रकारको तेल र ग्यास र खानी रहेका छन भने यो क्षेत्रबाट हिन्द महासागरको धेरै जहाजहरू जाने गर्छन ।दक्षिणी चीन सागर प्रशान्त महासागरको एक हिस्सामा आउछ । यो इलाकामा सिगापुर मल्लक्का देखि ताइबानसम्मको क्षेत्र पर्दछ र यो ३५ लाख बर्गकिलोमिटरमा फैलिएको क्षेत्र हो । यसमा सन १९७४ सम्म भियतनामको अधिकार थियो तर चीन र भियतनामको सैनिकहरूको झडपमा चिनिया सैनिक मारिएपछि यसलाई चीनले आफनो दाबी भन्दै कब्जा गरेको बताएको छ । त्यसो तेल र ग्यासको ठूलो भण्डारको सम्भावना भएकोले पनि चीनले यसलाई गुमाउन चाहदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?