टीभीएस भोइस अफ नेपालको प्रायोजक बन्ने साझेदारी


काठमाडौ । टिभियस मोटर कम्पनीका सबै मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले हालै अन्तराष्ट्रिय टेलिभिजन गायन कार्यक्रम ‘भोइस अफ नेपाल’ को मुख्य प्रायोजक बन्ने साझेदारी गरेको छ ।
द भोइस अफ होल्ल यान्ड, नेदर ल्यान्डमा मूल सिर्जना र प्रसारण भएको थियो । २०११ देखि धेरै वटा देशले यो कार्यक्रमको ढाँचा अपनाएर आफ्नै संस्करण प्रसारण गरेका छन् । नेपालमा पहिलोपटक यो कार्यक्रम ‘भोइस अफ नेपाल’ नाम गरेर प्रसारण हुनेछ ।
कार्यक्रमले अज्ञात युवा नेपाली प्रतिभा अकल, युगल, पेसावर र सौकियालाई चिनाउने र सम्मानित गर्ने लक्ष्य राखेको छ । कार्यक्रम साउन पहिलो सातादेखि चार महिनासम्म लगातार चल्नेछ । पहिलो सिजनमा कुल ३० एपीसोड लाइभ टेलिभिजनमा प्रसारण हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?