सिर्दाथ र संसार रेमिट सम्झौता


काठमाडौं । सिद्घार्थ बैंक र संसार रेमिटप्रालिबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबीच एक विशेष कार्यक्रमबीच सो सम्झौतापत्र हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र संसार रेमिटको तर्फबाट अध्यक्ष चन्द्रकान्त आचार्यले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै संसार रेमिटमार्फत कोरिया, जापान, युरोपलगायत विश्वका विभिन्न देशहरूबाट पठाएको रकम सिद्धार्थ बैंकका देशभरि रहेका ११२ शाखा र ७ हजारभन्दा बढी भुक्तानी केन्द्रबाट सजिलै भुक्तानी लिन सकिने भएको छ ।
साथैै कोरियाको रुपी सेन्डमार्फत बैंकको खातामा सजिलै रकम जम्मा गर्न पनि सकिनेछ । सम्झौतापछि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले विदेशबाट पठाएको पैसालाई छिटोछरितो तरिकाले सेवाग्राहीसम्म पुु¥याउन यो सम्झौताले थप सहज बनाउने जानकारीसमेत दिए ।
बैंकले हाल देशभर ११२ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११० एटीएम र ८ सयभन्दा बढी एइक् मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४-०७५ को वैशाख मसान्तसम्म बैंकले कुल निक्षेप ९० अर्ब ६४ करोड र कर्जा लगानी ८२ अर्ब ४ करोड गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?