कलैयामा लक्ष्मी बैंकको शाखा विस्तार


काठमाडौं : लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा बाराको कलैयामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । नयाँ शाखाको साथ, लक्ष्मी बैंकको शाखा संजाल ८५, ४३ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०३ ए टि एम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।
यस शाखाको विस्तार सँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथाअर्ध शहरी क्षेत्रमाआफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्तपार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।
आ.व. २०७३-७४मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोड खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?