माथिल्लो दरौंदी १ मा बित्तिय ब्यवस्थापन


काठमाडौ । कालिका गु्रपअन्तर्गत डायमण्ड हाईड्रो पावर प्रालिले प्रवर्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी १ जलविद्युत आयोजनामा बित्तिय ब्यवस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।
जनता बैँक नेपालको नेत्रृत्वमा कुमारी बैँक र सेञ्चुरी कमर्सियल बैँकको सहभागितामा १ अर्ब ३४ करोड ८० लाख परियोजना कर्जाको वित्तीयव्यवस्थापन सम्पन्न भएको हो । लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैँकका तर्फबाट जनता बैंकका काठमाडौकां क्षेत्रीय प्रमुख कल्याण विक्रम पाँडेले बिहिबार हस्ताक्षर गरेका हुन ।
आयोजनाको निर्माण लागत १ अर्ब ९२ करोड रहेकोमा कुल लागतको ७० प्रतिसत रकम बैंकहरुले परियोजनाकर्जा प्रदानगर्ने जनाएका छन । माथिल्लो दरौँदी १ गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ । कालिका गु्रपबाट प्रवर्धित चालु अवस्थामा रहेको ६ मेगावाट दरौंदी एकोटेलरेसको पानी र दरौंदीखोलामा २० मिटरको बाँधबाँधी १४ दशलमव ९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टकपाइपको माध्यमद्धारा विद्युत गृहमा जडित फ्रान्सिस् टरवाइनकोे माध्यमले विद्युत उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौंदीखोलामा छोडिने पनि बिज्ञप्तिमा उल्लखे छ ।
परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक ५ करोड १८ लाख ३२ हजार ८८८ युनिट विद्युतीय उर्जा उत्पादन हुनेछ । उत्पादित उर्जा नेपाल विद्युतप्राधिकरण सँग भएको विद्युतखरिद विक्रि सम्झौता अनुसार न्यू मस्र्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिने पनि उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?