मानसिक रोगका बहुआयामिक कारण हुन्छन्


डा रितेश थापा, डाइरेक्टर, रिदम न्यूरो साइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर, एकान्तकुना, जावलाखेल

नेपालमा मानिसक स्वास्थ्यबारेको चेतनास्तर कस्तो पाउनुभएको छ ?
नेपालमा अझै पनि मानसिक रोग भन्नाले पागल हुनु वा दिमाग खुस्किनु भन्ने बुझिन्छ । ग्रामीण भेगतिर त झन धेरै गलत धारणा पन्छ । बिरामीहरू सजिलै डाक्टर कोमा जचाउन आउँदैनन । अली विकसित ठाउँहरूमा चाहि अब बल्ल मान्छेहरूले बुझ्न थालेका छन जस्तो लाग्छ ।
नेपालमा मानसिक रागीको संख्या बढिरहेको छ या घटदोक्रममा छ ?
पैला पैला नेपालमा कति मानसिक रोगी छन भन्ने लेखजोखा नै थिएन । अब विभिन्न अनुसन्धान भईरहेको छ र जनचेतनाको विकास पनि भाईरहेको छ । त्यसैले अस्पताल आउने बिरामीको संख्या बढ्न थालेको छ । भूकम्पपछि धेरै जना मानसिक समस्या लिएर आइरहनुभएको छ । मानसिक रोगीकै संख्या बढेको हो कि जस्तो देखिन्छ तर जनचेतनाको स्तर बढेकोले पनि हुनसक्छ ।
मानसिक रोगका खास कारण के के हुन सक्छन् ?
मानसिक रोगका धेरै कारण हरू हुन्छन् । वंशानुगत, पारिवारिक, व्यक्तिगत,सामाजिक,आर्थिक,बाल्यकालमा भएका पिडादायिक घटना,बालबालिकामा हुने जन्मजात मानसिक रोगहरू पनि हुन्छन । तनाब, घरेलु हिंसा, विभेद, रक्सी तथा लागु पदार्थको सेवन,दीर्घकालिन रोगहरूले भएको समस्या । हाम्रो दिमागमा विभिन्न रसाायन हरू हुन्छन जसलाई ल्भगचयतचबलकmष्ततभच भन्छन । कुनै पनि कारणले यि रसायनहरूमा गडबडी भयो भने मानसिक रोग लाग्दछ । त्यसैले भन्न सकिन्छ मानसिक रोगका बहुआयामिक कारण हुन्छन् ।
नेपालमा कस्ता खालका मानसिक रोगी बढि देखिन्छन् ?
मानसिक रोग धेरै प्रकारका हुन्छन । नेपालमा धेरै जसो पाइने रोगमा डिप्रेसन, आत्तिने रोग, मानसिक असन्तुलन ,छारे रोग, बिर्सिने रोग, बालबालिकामा देखिने धेरै रोगहरू जस्तै बौद्विक अपाङ्गता, अटिजम, धेरै छुक्छुक गर्ने रोग, रक्सी तथा लागु पदार्थको लत लगायत यौन्जन्य रोगहरू पनि देखिन्छन् ।
मानसिक रोगको पनि उपचार सम्भव छ भन्ने जागरण कत्तिको छ देशभर ?
यो मानसिक रोग हो भन्ने नै थाहा नभएपछि रोग को उपचार हुन्छ भनेर कसरी थाहा होस् । यसको उपचारका बारेमा पनि धेरै गलत धारणा पाईन्छ हाम्रो समाजमा । नेपालीहरू एक त मानुिसक रोगको उपचार नै हुँदैन भन्ने खालका छन । उपचार भएपनि नेपालमा सफल उपचार हुँदैन भनेर छिमेकी मुलुक जाने गर्दछन । तर मैले अगिनै भने जस्तै पहिलाभन्दा जनचेतना बढदै गइरहेको छ त्यसमा खुशी लाग्छ ।
मानसिक रोगको उपचार गर्ने मानसिक अस्पतालको अवस्था चाहि कस्तो छ नि ?
अवस्था दयनिय छ । मानसिक रोग लागेका बिरामीहरूको लागि नेपाल भरी जम्मा ४४० बेड छन जबकी २५,३० प्रतिशत नेपालीहरूमा कुनै न कुनै मानसिक समस्या छ भनेर अनुमान गरिएको छ । अब हिसाब गरौ कती कम सुविधा छ । यत्रो जनसंख्यालाई जम्मा एउटा सरकारी मानसिक अस्पातल छ । निजी मानसिक अस्पतालहरू भर्खर भर्खर खुल्न थालेका छन र एकदम सिमित छन । मलाई लाग्छ शायद ८,१० वटा मात्रै होलान नेपाल भरी नै । त्यसमध्ये एउटा रिदम अस्पातल पनि हो । बाँकी भनेको मेडिकल कलेजहरूमा हुने मानसिक विभाग । राम्रो र सही उपचार गर्ने ठाउँ नभएर र जनचेतनाको कमीले गर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने बिरामीहरूलाई पुर्नस्थापना केन्द्रमा लगेर राख्ने चलन छ जहाँ राम्रो उपचार नभएको गुनासोहरू आइरहन्छन ।
मानसिक स्वास्थ्य सम्बन्धि उपचार गर्ने चिकित्सक अर्थात जनशक्तिको अवस्था कस्तो छ ?
एकदम कम छ । मानसिक रोग बिशेषज्ञहरू जम्मा १५० को हराहारीमा छन जसमध्ये केही विदेशमै छन र प्रायजसो काठमान्ठौं मै छन । जम्मा २८ जना चिकित्शा मनोविद र करिब ७० जना जति साइकियाट्रिक नर्स छन । यत्रो जन्संख्याको लागि यो जनशक्ती एकदम नै कम हो । देशको सबै ठाउँमा पुग्न सकेको छैनौं हामी ।
रिदम न्यूरो साइकियाट्रि हस्पिटल एण्ड रिसर्च सेन्टर स्थापना गर्ने सोंच चाहि कसरी आयो ?
व्यक्तिगत रुपमा मानसिक रोग सम्बन्धी अस्पातल खोल्नु पर्छ भन्ने सोच म एमबिबिएस पढ्दै बेलाको हो तर त्यो सम्भव हुन्छ कि हुँदैन भन्ने थाहा थिएन । पछि अरु साथीहरूसँग सल्लाह गरेर हामीले टीम बनायौं । हामी यही क्षेत्रमा काम गर्ने भएकोले गर्दा बिरामीहरूले उचित उपचार नपाएर विदेश जानु परेको, भर्ना गरेर राख्नुपर्ने बिरामीहरूको लागि राम्रो अस्पातल नभएको, भएका अस्पातलमा पनि सबै सुबेधा नभ्एको हामीलाई थाहा थियो । त्यसैले नेपालमै सबै सुबिधा सम्पन्न सबै किसिमका मानसिक रोग लागेका व्यक्तीहरूको उपचार सरल र सुलभ तरिकाले गर्न सकिन्छ भनेर नै रिदम अस्पातल खोल्ने हिम्मत गर्यौ । अहिले आएर हेर्दा बिरामीहरू खुशी देखिनुहुन्छ । हामीलाई विश्वास गर्नुहुन्छ । त्यसैले नै छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन यो अस्पातल सफल भएको छ ।
यहां के कस्ता सेवा सुविधा उपलब्ध छन् ?
यस् अस्पातल सबै किसिमका मनसिक रोगको उपचार हुन्छ । बिरामीको कुरुवा बस्न पनि मिल्ने र नबसेपनी हुने दुईवटै सुबिधा छ । बिरामीलाई दिनभरी अस्पातलमा रखेर बेलुका घर लगेर जान सकिने डे केयरको सुबिधा पनि छ । अलग्गै छुट्टै बस्छु भन्नेहरूको लागि सुबिधासम्पन्न क्याबिन फ्यासिलिटी छ । महिला पुरुषको लागि छुट्टै वार्ड छन । २४ घण्टा डाक्टर र नर्सको निगरानीमा बिरामीहरू रहन्छन् । २४ घण्टा इमर्जेन्सी सेवा छ । बिरामीहरूको लागि अस्पतालले नै एम्बुलेन्स पठाईदिन्छ । लागु औषधी खाएको नखाएको जाँच पनि गरिन्छ र उपचारपनि । ठुलो टीम छ । सबै किसिमका मनोबैज्ञानिक जाँच हुन्छ यहाँ । मनोचिकित्सक र चिकित्सा मनोबिद मिलेर उपचार हुन्छ । अझै विस्तृत जानकारी लिनु परेमा अस्पतालमै सम्पर्क गरेर लिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?