सगरमाथाको आधा भाग चीनलाई बुझाउने राष्ट्रवादी, अनी नेपालको सिमा रक्षा गरेको समुदाय विदेशी दलाल ?


रानी शर्मा तिवारी, वरिष्ठ उपाध्यक्ष, राजपा, सांसद प्रदेश नं. २ महोत्तरी ३ (ख)

राजपाले अहिलेको राजनीतिक अवस्थालाई कसरी नियालिरहेको छ ?
नेपालको राजनीतिक अवस्थाले अहिले एउटा कोर्स पार गरेको छ । तिन तहको निर्वाचनपछि देश राजनीतिक स्थिरतातर्फ अग्रसर हुँदै गएको छ । यद्यपी जनताले उठाएका कतिपय मुद्दा सम्बोधन भएका छैनन् । खासगरी मधेशका जनताले मधेश आन्दोलन मार्फत व्यक्त गरेका असन्तुष्टी समाधान भएका छैनन । मधेशका मुद्दा समाधानका लागि संविधान संशोधन आवश्यक छ, जसका लागि संसदमा दुई तिहाई बहुमत चाहिन्छ । अहिलेको सरकार दुईतिहाई बहुमत नजिक भएको र राजपा समेत गर्दा दुई तिहाई पुग्ने भएकोले अहिलेको सरकार समस्या समाधान गर्न सकारात्मक भए मधेशको मुद्दा पनि सजिलै समाधान गरेर विकास र समृद्धिको बाटोमा लाग्न सहज छ । केन्द्र र प्रदेशमा समेत बहुमत सहितको स्थिर सरकार भएकोले सकारात्मक साँेच साथ अगाडि बढियो भने देशले फड्को मार्ने निश्चित छ ।
राजपाले राखेको संविधान संशोधनको माग त समयक्रममा विलयजस्तै न भयो नि ?
मैले अघिल्लो प्रश्नमा पनि संविधान संशोधनको प्रसंग उठाएको थिएँ । मधेशी लगायतका शोषित,उत्पिडित समुदायको अधिकार सुनिश्चितताको लागि संविधान संशोधन गर्ने मधेशी जनताको मागको नेतृत्व मात्र राजपाले गरेको हो । माग वास्तवमा मधेशका आम जनताको हो । राजपा आप्mनो माग र अडानमा कायम छ । माग विलय भयो भन्ने भ्रम यहाँलाई कसरी पर्यो मलाई आश्चर्य लाग्छ ।
प्रदेश न दुईको सरकारवाट राजपा फिर्ता हुने या केन्द्रिय सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने हो ?
प्रदेश नं. २ मा सरकारबाट राजपा फिर्ता हुने कुनै कारण छैन । अहिले त्यस्तो कुनै सम्भावना पनि छैन । प्रदेशको जनताको चाहना पनि राजपा फोरम मिलेर प्रदेशको विकास गरोस भन्ने छ । जनताको भावना अनुसार बनेको सरकारबाट फिर्ता हुुनु भनेको जनताको भावना विपरित जानु हो । जहाँ सम्म केन्द्रिय सरकारको प्रश्न छ, केन्द्र सरकारले मधेशका लागि राजपाले नेतृत्व गरेका मुद्दा समाधान गर्न र संविधान संशोधनका लागि सहयोग पुगोस भनेर राजपाले केन्द्रिय सरकारलाई समर्थन गरेको हो । फोरम सरकारमा जाँदा भएको सहमतिले समेत संविधान संशोधनको संभावनालाई बढाएको छ । तर केन्द्रिय सरकारले संविधान संसोधन गरेर जनताका मुद्दा समाधान नगरी अगाडि बढ्न खोज्यो भने समर्थन फिर्ता हुन पनि सक्छ ।
अव त सरकार दुई तिहाईको बनेको छ, राजपा के गर्छ ?
बलियो सरकार हुनु आपैmमा राम्रो विषय हो । यसमा हामीले केही गर्ने नगर्ने प्रश्न नै छैन । दुई तिहाई बहुमतको सरकारले मैले अघी भने जस्तै सकारात्मक सोचका साथ जनताको मुद्दाहरूलाई सम्बोधन गर्दै देश विकासको कायापलट गर्न सक्छ । तर दुई तिहाईको दम्भमा अधिनायकवाद मौलाउन सक्ने सम्भावना पनि त्यतीकै हुन्छ । त्यस प्रति भने सजग रहनुपर्छ ।
मधेश आन्दोलनका एक हस्ती उपेन्द्र यादव नेतृत्वको दल सरकारमा सहभागि भयो , राजापको टिप्पणी के छ ?
फोरम सरकारमा सामेल हुनु फोरमको आन्तरिक निर्णयको विषय हो । यसमा राजपाले टिप्पणी गर्नु पर्ने केही कारण छैन ।
संविधान संशोधन कुन कुन मुद्दामा गर्नुपर्ने भन्ने लाग्छ तपाईलाई ?
समानुपातिक समावेशिता, प्रदेशको अधिकारको विषय, मधेशी जनताको माग बमोजिम हुने गरी प्रदेशको सिमांकन, नागरिकताको विषय खासगरी नेपाली नागरिकका संतान र वैवाहिक महिलाले नागरिकता पाउने विषयमा रहेको जटिलतालाई सहज बनाउने र विदेशीले नेपाली नागरिकता बनाउने व्यवस्थालाई पुर्ण प्रतिबन्धित गर्ने, लगायतका मुद्दाहरूमा संविधान संसोधन गर्नु आवश्यक छ ।
मधेश र केन्द्र सरकारविचको अहिलेको सम्बन्ध कस्तो पाउनुभएको छ ?
मधेश मात्र होईन हरेक प्रदेश सरकार र केन्द्र सरकारको बिचमा सम्बन्ध सहज हुन सकिरहेको छैन । भर्खरै स्थापित नयाँ संंरचना प्रदेशलाई संविधानमा अधिकार प्रत्यायोजन गरिँदा कम अधिकार दिर्ईएको कारण केही असहजता छ । मधेश (प्रदेश नं. २) लाई हेर्ने पुरातनवादी मधेश विरोधी सोचका कारण पनि प्रदेश नं. २ लाई अझ असहज भईरहेको छ । नयाँ संरचनामा स्थीरता आउन केही समय लाग्छ । प्रदेशका कानुनहरू बन्न थालेका छन् । कानुन निर्माण गरिसकेपछी, कर्मचारी, प्रहरी, अनुषन्धान जस्ता संरचना प्रदेश आफैले निर्माण गरेपछि सहज हुँदै जान्छ । केन्द्रिकृत व्यवस्थाबाट संघियतामा जाँदा केही समय अन्योल हुनु स्वभाविक हो । यसलाई संघियताको संक्रमणकालको रुपमा बुझ्नुपर्छ । फेरी केही विषयमा चाहीँ संविधान संसोधन नै गर्नु पर्नेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनमा दुई न प्रदेशका मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर आलोचना भइराखेको छ, यसलाई कसरी लिनुभएको छ ?
भारतीय प्रधानमन्धीको भ्रमणको क्रममा जनकपुरमा लाखौं नेपाली जनताको उपस्थिती थियो । आप्ना लाखौं जनतालाई संवोधन गर्ने क्रममा आम मधेशी जनताको पिडा व्यक्त गरेको हो । यसमा अन्यथा केही पनि छैन । विवाद त जनकपुरको साँचो मोदीलाई बुझाएकोमा पनि उठाईयो, तर फेरी काठमाण्डु महानगरपालिकाले पनि साँचो मोदिलाई बुझाएपछि, विवाद कहाँ हरायो पत्तै छैन । यो देशमा अझै पनि केही बोल्ने वा गर्ने अधिकार शासक समुदायसँग मात्र हो भन्ने सोच छ । मधेश जनता मात्र होईन शासक वर्ग मधेशको जननिर्वाचित मुख्यमन्त्रीले पनि सोधेर बोल्नुपर्छ भन्ने सोचबाट नेपालको शासक वर्ग ग्रसित छ ।
मधेशवादीानथि भारतीय प्रभावको आरोप लागिरहन्छ, कहिले यो आरोप पखालिएला ?
यो आरोप आम जनताको होईन, शासक समुदायको केही स्वघोषित राष्ट्रवादी नेता र मिडियाको हो । भारतमा जन्मेको र भारतमा महाधिवेशन गरेका पार्टीहरू, भारतमै बसेर आन्दोलन र विद्रोह गर्ने नेताहरू राष्ट्रवादी । नेपालमै जन्मेको पार्टी र नेपालमै बसेर आन्दोलन गर्ने नेताहरू भारत परस्त भनेर प्रचार गरिन्छ, कस्तो अचम्म । टिंकर पारीको भुमी र सगरमाथाको आधा भाग चिनलाई बुझाउने, महाकाली, कोषी लगायतका नदीनालामा असमान सन्धी गर्ने दल र नेताहरू राष्ट्रवादी, अनी नेपालको सिमा रक्षा गरेको समुदाय, नेपालकै सोशित पिडितका लागि नेपालमा बसेर संघर्ष गर्नेहरू विदेश परस्त ? सत्ताधारी समुदायको षडयन्त्र, तिनको संरक्षणमा संचालित साम्प्रदायिक सोचका मिडियाको लहैलहैमा हामी जनता लागि रहेसम्म यो आरोप पखालिँदैन । हामीले हाम्रो मानसिकता बदल्न जरुरी छ । हल्लाको भरमा लागेर होईन तथ्यमा आधारित भएर आरोप लगाउँदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?