गरिमा र एनआई रेमिट सम्झौता


काठमाडौ । गरिमा विकास बैंक लिमिटेड र एनआई सी एशिया बैंक लिमिटेड बीच ‘गरिमा रेमिट’ र ‘एनआई सी एशिया रेमिट’ सञ्चालन गर्ने सम्झौता भएको छ ।
सो सम्बन्धमा गरिमाको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र एनआई सी एशिया बैंकको तर्फबाट चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता पश्चात एनआईसीका मुलुकभर रहेका २१० वटा शाखा कार्यालयबाट गरिमा रेमिट मार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न तथा गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७ वटा शाखा कार्यालयबाट एनआई सी एशिया रेमिट मार्फत रकम पठाउन सकिने पनि बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?