एभरेष्ट बैक धनगढी शाखा सामाजिक कार्यमा


काठमाडौ । एभरेष्ट बैंक धनगढी शाखाले धनगढीको कैलालीगाँउ स्थित नि¨लासैनी गुरुकुल संस्कृत विद्यापीठ लाई आवश्यक संस्कृत तथा धार्मिक पुस्तक वितरण गरेको छ ।
धनगढी उ.म.न.पा. का मेयर नृप बहादुर वडको प्रमुख आतिथ्यमा एभरेष्ट बैंक धनगढी शाखाको तर्फबाट शाखाप्रबन्धकश्री यज्ञ राज तिमिल्सीना तथा कर्जा प्रमुख हिमाल भट्टराईले संयुक्त रुपमा विद्यापीठका विद्यार्थीलाई पुस्तकहरु हस्तान्तरण गरेका हुन ।
बैंकको शाखाले यस प्रकारका विभिन्न संस्थागत सामाजिक उत्तरदायित्य कार्यक्रम गर्दै आएको र भविष्यमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने धनगढी शाखाका प्रवत्ता जनकअधिकारीले बताएको पनि बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?