क्लियर टिभी सेवामा बिश्वकप अफर


काठमाडौं । नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केवलनेटले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा क्लियर टि.भि.वल्ड कप किक अफ अफर प्रस्तुत गरेको छ ।
अगामिजन १४ देखि सुरु हुनगईरहेको विश्व कपलाई धयानमा राखेर कम्पनीले ग्राहकहरु लाई मात्र २०१८ को प्याकेज खरिदमा एचडी सेट टप बक्स, जडान सेबा तथा २ महिनाको क्लियर टिभी प्रिमयम प्याकेज निशुल्क प्रदान गर्ने छ । कम्पनीले, आफ्ना ग्राहकवर्गले उच्च पिच्चर क्वालटिमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्घेश्यका साथ यस्तो योजना प्रस्तुत गरेको हो । योजनामा सर्त तथा नियमहरु लगूहुने कम्पनिले जनाएको छ । हाल क्लियर टि.भि सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६० भन्दा बढि एच डि च्यानलहरु रहेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?