लिङ्कन कलेजको मलेसियामा दिक्षान्त समारोह सम्पन्न


काठमाडौ । लिङ्कन युनिभर्सिटी कलेज मलेसियाले नेपालमा आफ्नो दोस्रो दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
राजधानीमा आयोजित समारोहमा तीन सय जना विद्यार्थी दिक्षित भएका थिए । मलेसियामा रहेको उक्त कलेजसंग नेपालका १२ वटा कलेजले सम्वन्धन लिएका छन् । सम्वन्धन लिएका कलेजले बिबिए,बिएचएमर एमबिएप्रोग्राम सञ्चालन गर्दै आएका छन ।
दिक्षान्त समारोहमा पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय सभामा नेपाल कम्यूनिष्ट पार्टीको तर्फबाट संसदीय दलका नेता दिनानाथ सर्माले ‘गुणस्तरिय शिक्षा प्राप्तगर्नु हरेक विद्यार्थीको अधिकार रहेको’ बताएको पनि बिज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा विश्वविद्यालय अनुदान आयोगका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर गणेशमान गुरुङले आफ्नै घर परिवारमा बसेर अन्तर्राष्ट्रिय स्तरको डिग्री प्राप्त गर्न पाउनु विद्यार्थीका लागि सुखद पक्ष रहेको बताए । समारोहमा स्नातकका १०० र स्नाकोत्तर तहका २०० विद्यार्थीलाई दिक्षित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?