नेविसंघको प्रदर्शनमा प्रहरीको हवाई फायर


पोखराः पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघ कास्कीले गरेको विरोध प्रदर्शनमा प्रदर्शनमा प्रहरीले हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको छ। विद्यार्थीको आन्दोलनमा पछिल्लोपटक प्रहरीले स्थिती नियन्त्रणको लागि हवाईफायर गरेको हो। नेविसंघ केन्द्रिय परिपत्र अनुसार नै नेविसंघका केन्द्रिय सदस्य भानु ढकाल, गोपाल गुरुङ, कास्की अध्यक्ष विकास थापा, क्याम्पसका ईकाई सभापति दीपक शर्मा वाग्ले, स्ववियु सभापतिका उम्मेदवार रेशम हमालको नेतृत्वमा मंगलबार साँझ पृथ्वीनारायण क्याम्पस परिसरमा मसाल जुलुश प्रदर्शन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?