वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन


काठमाडौंः वरिष्ठ कलाकार भीम बहादुर थापाको आज बिहान निधन भएको छ। कलाकार थापा ९२ वर्षीयाको हुनुहुन्थ्यो थापा लामो समयदेखि छाती र फोक्सोलको संक्रमणबाट ग्रसित थिए।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बिहान १० बजेदेखि १२ बजेसम्म पशुपतिमा आर्यघाटमा राखिने कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले बताए। उनले थापाको निधनले नेपाली कलाकारीता क्षेत्रले ठुलो क्षेती व्यहोर्नु परेको बताए। झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका थापाको जन्म वि.सं. १९८३ असार १३ गते खोटाङमा भएको हो। ब्रिटिश आर्मीमा भर्ना भएका थापाले दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?