सामसङको विश्वकपमा ‘फिल द गेम’ योजना


काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले फिफाविश्वकप फुटबल २०१८ को अवसरमा ‘फिल द गेम’ योजना प्रस्तुत गरेको छ । रसियामा हुन गइरहेको विश्वकप फुटबललाई प्रत्यक्ष हेर्न सहज होस भन्ने उदेस्यले ग्राहकलाई विशेष छुट सहित अन्य अफर पनि सामसङले ल्याएको छ ।
सामसङका एसयुएचडि,करभ्ड, युएचडि,स्मार्ट, एफएचडि लगायतका टिभिका विभिन्न मोडेलमा अधिकतम २७ प्रतिशत सम्म छुट प्रदान गरेको जनाएको छ ।
यसका अतिरिक्त सबै टेलिभिजनमा २ वर्षको फुलवारेन्टी तथा शून्य प्रतिशत इएमआई सुविधाको किस्ताबन्दी अफर ल्याएको छ । इएमआई सुविधाको लागि ग्राहकले सामसङले तोकेका आधिकारिक आउटलेटमा गई खरिद गर्नु पर्ने छ । यो योजना जुन महिनाको १ तारिखदेखि लागू भई योजना समाप्त भएको घोषणा नगरे सम्म मुलुकभर लागू गरिएको छ ।
टिभि खरिदमा प्रदान गरिएको छुटका साथै टर्किस एयर, एस ट्राभल्स, भयोदा अस्पताल, के जिएचग्रुप जस्ता अन्य विभिन्न प्रतिष्ठित कम्पनीसँग सहकार्य गरी ती कम्पनीले प्रदानगर्ने सेवामा छुटको लागि गिफ्ट भौचरको व्यवस्था पनि मिलाएको बिज्ञप्तिमा छ ।
यी टेलिभिजनको खरिदमा ग्राहकलाई विशेष कुपन प्रदान गरिने छ र प्राप्त हुने कुपनलाई लक्की ड्रमा समावेश गरिने जनाएको छ । लक्की ड्र मार्फत प्रथम हुने विजेताले टर्किस एयरको राउन्ट ट्रिप, तथा अन्यविजेताले क्रमशः सामसङको ५ इन १ रेफ्रिजेरेटर, ग्यालेक्सी एस ९ स्मार्टफोन, ग्यालेक्सी एस ६ प्लस, ग्यालेक्सी ७ डुयस जित्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?