आइएम एस मोटर्सको डिस्काउन्ट अभियान सुरु


काठमाडौ: नेपालका लागि स्याङयोङ मोटर्सको आधिकारिक विक्रेता एवं आईएमएस ग्रुप अन्तर्गतको आईएमएस मोटर्सले अन्बिटेबल डिस्काउन्ट अभियान सुरु गरेको छ ।
यस अभियानमा आइएम एस मोटर्सले सिमित स्टक स्याङयोङ गाडीको खरिदमा, बजेट पुर्वकै मुल्यमा न्युनतम ५ लाख रुपैयाको छुट दिने जनाएको छ । यो सगै स्याङयोङले एक्सचेन्ज सुविधा, सरल फाइनान्सीङ, ३ वर्षको निशुल्क सर्भिसिङ्ग र वारेन्टी, चालु आर्थिक वर्षको निःशुल्य सवारी कर, निःशुल्क एक्सोसरिज दिने जनाएको छ ।
आइएम एस मोटर्सको सेल्स एण्ड अपरेसनका प्रमुख प्रबन्धक, सुदिप आचार्यले ग्राहकलाई असल सुबिधा दिन तत्पर रहेको भन्दै अहिलेको नयाँ वित्तीय नीतिले अटोमोबाइलमा ४० प्रतिसत सम्मको अन्त शुल्कबढाएको भन्दै ग्राहकलाईध्यानमा राखेर यो अभियान सुरु गरेको बताए ।
स्याङयोङमोटर्स, दक्षिण कोरियाको सबैभन्दा उत्कृष्ठ र प्रतिष्ठित एसयूवी ब्रान्ड ओटोमोबाइल कम्पनिहो । कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशमा निर्यात संजाल रहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?