वस्तुगत आवश्यकता देखेर नैै हस्पिटल स्थापना गरेका हौं


डा प्रकाश पौड्याल, एमडी, नेपाल नेशनल हस्पिटल कलंकी
नेशनल हस्पिटलले स्थापनाको एक वर्ष पुरा गरेको छ, नयां हस्पिटल संचालनमा के कस्ता जटिलताहरू रहेछन ?
हस्पिटल सञ्चालन गर्न त्यत्ति सहज छैन जति साधारण मानिसहरूले सोच्ने र बुझ्ने गर्दछन् । यो विशुद्व रुपमा मानविय जीवनसँग सम्बन्धित प्राविधिक बिषय हो र यसको सञ्चालन मानविय शरीरको सम्पूर्णको जानकारी तथा ज्ञान भएका चिकित्सकहरूबाट मात्र सम्भव हुन्छ ।
हस्पिटल सञ्चालनको यो पहिलो बर्षमा हस्पिटलको व्यवस्थापन पक्षमा संलग्न हुंदै सरकारले तोकेका आवश्यक पूर्वाधारहरू तयार गर्दै सम्भव भएसम्मको स्वास्थ्य सेवा दिँदै आयौँ । विविध रोगको निधानको लागि आवश्यक अनुसार विशषज्ञहरू जुटाउने काम ग¥यौँ र गर्दै आएका छौं । यसमा कुनै जटिलता छैन ।
स्वास्थ्यको क्षेत्र सवैभन्दा संवेदनशिल क्षेत्र,काठमाडौंको अर्थात उपत्यकामा हस्पिटलको भीडमा नेपाल नेशनल हस्पिटललाई वामे सर्न कत्तिको सकस भइराखेको छ ?
काठमाडौं उपत्यकामा हस्पिटलको भीड त छ नै, तर यहाँको जनघनत्वको आधारमा हेर्नै हो भने यहाँ सञ्चालित हस्पिटलहरू प्रयाप्त छन् जस्तो लाग्दैन । जहाँसम्म नेशनल हस्पिटलको कुरा छ, यो हस्पिटल कलंकीको आवश्यकता अनुसार यो ठाँउमा स्थापना भएको हो । यो सर्वविदित कुरा हो । कलंकीमा अत्याधुनिक प्रविधियुक्त रुपमा उपचार गर्ने हस्पिटलको अभावलाई यो हस्पिटलले पुरा गर्ने काम गरेको छ । यो हस्पिटलप्रति स्थानीय बासिन्दा लगायत सबैले कलंकीको लागि उपयुक्त हस्पिटल भनि मायाँ गरेको हँदा यो हस्पिटलले वामे सर्नमा कुनै किसिमको सकस उठाउनपर्ने हामीले महशुस गरेका छैनौ ।
तपाईहरूको हस्पिटलमा के कस्ता सुविधा रहेका छन् ?
हस्पिटलले दिने सेवाहरू यस प्रकार छन्ः
– विशेषज्ञ चिकित्सकहरूद्वारा उपचार तथा सल्लाह,सुझाव,
– सुविधा सम्पन्न ट्रमा सेन्टर,
– अनुभवी र तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा २४ सैं घण्टा नसिङ सेवा
– अत्याधाधुनिक आइसियू (ICU) कक्ष र अपरेशन कक्ष (Operation Theater)
– जनरल वार्ड, क्याविन र Deluxe क्याविनको सुविधा
– अत्याधुनिक प्रयोगशाला (Laboratory),
– अत्याधुनिक Digital X-ray, अल्ट्रासाउण्ड र Ultra Low Dose CT Scanner सुविधा,
– डाइलेसिस सेवा,
– फिजियो थेरापी तथा Rehabilitation,
– आरामदायी प्रतिक्षा स्थान (Waiting Space), Free Wi-Fi र स्वच्छ खानेपानीको सुविधा,
– २४ सैं घण्टा औंषधी बिक्री कक्ष आदि .
बिशषज्ञ चिकित्सा सेवा तर्फ:
१. जनरल फिजिसियन २. शल्य चिकित्सा ३. हाडजोर्नी तथा नशा ४. छाती रोग ५. बाल रोग सेवा, ६. स्त्री रोग तथा प्रसुती ७. नाक, कान र घाँटी ८. मृगौला रोग ( बाल शल्य चिकित्सा !). डेन्टल !!. मधुमेह आदि ।
पूर्वाधारका हिसावले हेर्दा तपाईहरूको हस्पिटल अत्याधुनिक र सुविधासम्पन्न देखिएपनि विरामीको खास फोलो हुन सकेजस्तो देखिदैन, प्रचारको अभाव या अन्य कारण ?
प्रचार प्रसारको केही कमी छ नै त्यसको साथै सडक निर्माणको कारण पनि बिरामीहरूलाई आउन जानमा समस्या धेरै छ, यो रिङ रोड सडकको निर्माण सकेपछि बिरामीहरूको फोलो अप बढी नै हुने छ ।
पछिल्लो समयमा नया“ नया“ अस्पताल खुलिरहेका छन, त्यो पनि काठमाडौंमा, यो देशको वस्तुगत आवश्यक्ता कि व्यापारका लागि ?
यो नेपाल नेशनल हस्पिटल कलंकीको बस्तुगत आवश्यकता हो ।
बाहिर हस्पिटल नभएर औसधोउपचार नपाएर नागरिकको ज्यान अकालमा गइरहेका समाचार दिनहुंजसो आउंछन, यो दयनिय अवस्था कसरी अन्त्य हुन सक्ला ?
उपत्यका बाहिर निजी अस्पतालहरू कम रहे पनि प्रत्येक जिल्लामा सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूको यथेस्ट व्यवस्था भएका छन् । वर्तमान संघीय संरचनाले गर्दा प्रदेश र स्थानीय तहमा समेत अस्पतालहरूको व्यवस्थित सञ्चालनबाट स्थानीय तहसम्म नै उचित स्वास्थ्य उपचार हुनेछ ।
सेवा विस्तार हुनु् राम्रो कुरा हुदाहुदैपनि निजि हस्पिटलको शुल्क असाध्यै चर्को भएको गुनासो छ, तपाईको हस्पिटलको हकमा चाहि शुल्क कस्तो छ ?
हाम्रो अस्पतालको शुल्क व्यवस्था सर्वसाधारणले उपचार गर्न सक्ने अवस्थाको छ, त्यस्तो चर्को छैन । सहुलियत दरमा तोकिको शुल्कमा पनि गरिब, असहाय तथा कमजोर वर्गको लागि छुटको पनि व्यवस्था छ ।
अस्पतालमा पटक पटक आक्रमण भइरहन्छ, एक ठाउंमा गरिनुपर्ने अपरेशन अर्को ठाउंमा गरिदिने कारण कति विरामीको मृत्यु पनि भएको छ, अस्पतालको यो गैरजम्मेवारीपना कहिलेसम्म ?
यस्तो हुनु राम्रो होइन र यो अवस्था आउनु नै हुदैन, यसमा सम्बन्धित चिकित्सकहरू सचेत रहनु पर्दछ ।
नेपालमा स्वास्थ्यप्रतिको संवेदनशिलता कस्तो पाउनुभएको छ, नागरिक आफ्नो स्वास्थ्यप्रति र राज्य नागरिकको स्वास्थ्यप्रति ?
कसैको स्वास्थ्य खेलवाडको बिषय होइन, यसमा प्रत्येक नागरिक र राज्य संवेदनशिल रहेको छ । नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक प्रदान गरेको छ । कार्यान्वयन पक्षलाई जोड दिनुपर्नेछ ।
शिक्षा र स्वास्थ्य कति मुलुकमा निशुल्क छ, नेपालमा यो कति दुरको कुरा हुन सक्ला ?
विकसित मुलुकहरूमा शिक्षा र स्वास्थ्य निःशुल्क तथा न्यून शूल्कमा उपलब्ध गराउने व्यवस्था छ । नेपाल जस्तो विकासोन्मुख देशमा ती व्यवस्था लागु गर्न विविध कारणले ढिलो भएको छ । देशमा भएको राजनीतिक रुपान्तरण पछि नेपाल सरकारले संविधानमा नै व्यवस्था गरी माध्यमिक विद्यालय तहसम्मको शिक्षा निःशुल्क गर्नुका साथै आधारभूत स्वास्थ्य सेवा निःशुुल्क गरी स्वास्थ्य विमाको कार्यक्रम पनि अघि सारेको छ । देशमा राजनीतिक स्थिरता मजबुत भएपछि र विकासले फडर्को मारेपछि शिक्षा र स्वास्थ्य लगायत जनताका आधारभुत कुराहरुमा निःशुल्क र सर्वशसुलभ हुने आशा गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?