थाइल्याण्डमा डेंगुबाट २१ जनाको मृत्यु


बैंकक,: थाइल्याण्डमा यस वर्षमात्रै डेंगुका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ । यस वर्षको शुरुदेखि जुन १२ सम्मको तथ्यांक अनुसार १९ हजार ८०४ जनालाई डेंगु रोग लागेकोमा २१ जनाको मृत्यु भएको हो । वर्षात्को समयमा औसतमा दश हजार जना यसबाट प्रभावित हुने गरेको रोग नियन्त्रण विभागका महानिर्देशकले जानकारी दिनुभयो ।
प्रभावितमध्ये अधिकांश १० देखि १४ वर्ष उमेर समूहका रहेका पाइएको पनि उहाँले बताउनुभयो । यसलाई नियन्त्रण गर्नका लागि विभागले देशव्यापी अभियान पनि चलाएको छ । अभियानअन्तर्गत घर, विद्यालय, अस्पताल, होटल, कारखाना, कार्यालय, मन्दिरलगायतका सार्वजनिक स्थल तथा मानिस धेरै बस्ने ठाँउमा लार्भा नष्ट गर्ने गरिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?