अर्जेन्टिना विश्वकप फुटबलको अन्तिम १६ मा


रूस : रूसमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा अर्जेन्टिना प्रवेश गरेको छ। सेन्ट पिटर्सबर्ग रंगशालामा मंगलबार राती सम्पन्न समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नाइजेरियालाई २–१ ले पराजित गर्दै अर्जेन्टिना समूह ‘डी’ बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाउन सफल भएको हो। अर्जेन्टिना ३ खेलमा ४ अंक जोड्दै उपविजेता बनेको हो। ३ खेलबाटै ९ अंकल जोडेको क्रोएसिया विजेता बनेको छ। पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३–० को हार व्यहोर्न बाध्य बनेको थियो। अन्तिम समयमा सम्हालिन नसक्दा नाइजेरिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?