नागढुंगाबाट ६ किलोग्राम सुनसहित एक पक्राउ


काठमाडौँ: महानगरीय प्रहरी परिसर काठमाडौँले ६ किलोग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । परिसरअन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाले विशेष सूचनाका आधारमा मोटरसाइकलमा सुन राखेर चीनको केरुङबाट काठमाडौँ आउँदै गर्दा आज बेलुका ७ बजे एकजनालाई पक्राउ गरेको हो ।
परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन तस्करीमा धेरै मानिसहरुको संलग्न रहेकाले अहिले नाम मोटरसाइकल नम्बर र पक्राउ व्यक्तिको नाम नखुलाएको बताउनुभयो । प्रहरीले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?