काबुलमा भएको हमलामा कम्तीमा २४ को हताहती


काबुल: अफगानिस्तानको काबुलमा आइतबार भएको ठूलो आत्मघाती हमलामा परी कम्तीमा २४ जना हताहती भएका छन् । घटनामा परी मृत्यु र घाइते हुनेमा आम नागरिक र प्रहरीसमेत रहेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् । घटनाका बारेमा विस्तृत र एकिन विवरण आउन बाँकी रहेकाले मृत्यु हुने र घाइते हुनेहरूको संख्या अझ बढ्न सक्ने सरकारी अधिकारीहरूले अनुमान गरेका छन् । अफगानिस्तानमा पछिल्लो समय फेरी हिंसाका घटनाहरूमा वृद्धि हुँदै गएको समाचारमा जनाइएको छ । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?