पोखरीमा डुबेर मृत्यु


काठमाडौं : सप्तरीको तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।

स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो ।

बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?