तुम्लिङ्गटार–हिले सडक दैनिक ९ घण्टा बन्द


संखुवासभा : संखुवासभा जिल्लाको तुम्लिङ्गटार र धनकुटाको हिले जोड्ने सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ।

सडक चौडा गर्नका लागि गत बुधबार देखि दैनिक ९ घण्टा यातायात बन्द गरेर काम सुचारु गरिएको निर्माण कम्पनी रौताहाले जनाएको छ। संखुवासभाको तुम्लिङ्गटारबाट धनकुटाको हिले जाने सडकखण्डको सभाखोला देखि सातटारे सम्मको सडक तीन मिटरले यातायात सञ्चालनमा समस्या भएकोले सडक चौडा पारिने भएको छ ।

सो सडकखण्डको चौडा सानो हुँदा यातायात सञ्चालनमा समस्या भएकाले दैनिक बिहान ६ बजे देखि ११ बजे सम्म र दिउँसो २ बजे देखि बेलुकी ६ बजेसम्म सडक चौडा पार्ने काम सुचारु गर्नका लागि सरोकारवाला सबैमा जानकारी गराई काम सुरुवात गरिएको तुम्लिङ्गटार सडक डिभिजन कार्यालयले जानकारी दिएका छन् ।

बुधबारबाट शुरु भएको सडक चौडा गर्ने काम एक महिना लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?