गोली चलेर १५ घाइते भएपछि सिडिओ, एसपी, डीएसपी फेरिए


कञ्चनपुर-  कञ्चनपुर भीमदत्त नगरपालीका २ उल्टाखामकी १३ वषीर्य किसोरीको बलात्कार हत्याको घटनामा प्रहरी अनुसन्धान प्रति असन्तुष्टि जनाउँदै प्रदशनमा उत्रिएका स्थानिय माथि विहीवार प्रहरीले गोली चलाउँदा कम्तीम १५ जना घाइते भएका छन् भने घटनाले उग्ररुप लिएपछि गृह मन्त्रालयले बिहिबारै त्यहाका प्रजिअ कुमार खडका, एस पी डिल्लीराज बिष्ट डिएसपी ज्ञान बहादुर सेठीलाई राजधानी तानेको छ । यद्दपी यो समाचारलाई सबै आजका अखबारले मूख्य समाचार बनाएका छन ।

त्यसो त समाचारमा जनाइएअनुसार प्रदशनकारी तर्फ तेजराज भटट् र प्रहरी तर्फ हर्कबहादुर पाल गम्भिर घाइते भएको बताइएको छ भने ् दुबैको धनगडी सेती अञ्चल अस्पातलमा र अन्यको महाकाली अञ्चल अस्पातालमाा उपचार भइरहेको छ ।

माहाकाली अञ्चल अस्पातलमा इमर्जेन्सीले दिएको जानाकारी अनुसार भीमदत्त ४ महेन्द्रनगर बसपार्कनिवासी १९ वषिर्य अर्जुन भण्डारा, भीमदत्त २ भाँसीका ३६ वर्षिय तेजराज भट्ट, कैलाली गाउँपालिका ३ का २४ वषिर्य सन्तोषकुरमार कठरिया र महेन्द्रनगरका किरण पाण्डेलाई गोली लागेको हो । दायाँ खुट्टामा गोली लागेको भण्डाराको अञ्चल अस्पातल उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

त्यसैगरि भीमदत्त २० वर्षीय र्तीथ पर्नेरु, भीमदत्त १५ गैबरुैयाको मनोज बुढा महेन्द्रनगरका २२ वर्षीय सञ्जय खड्का माहाकाली नगरपालिका नगरपालिका १ दोधाराचाँदीका ५५ वर्षीय महादेव भट्ट भीमदत्त १५ का ४४ वषिर्य मदनसिंह साउद भीमदत्त २ का ५० वषिर्य महादेव जोशी घाइते भएका छन् । यो समाचारलाई आजको कान्तिपुर दैनिक , नया पत्रिका, अन्नपूर्ण पोष्ट ,नागरिक दैनिक, सौर्य दैनिक ,अगेजी दैनिक द हिमालयन , हिमालय टाइम्स प्रभाव दैनिक लगायतले मुख्य समाचार बनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?