कांग्रेसको १६ औँ बैठकमा छानिए पदाधिकारी


काठमाडौं । नेपाली कांग्रेस भक्तपुरले पदाधिकारी छानेको छ । अधिवेशन सकिएको झन्डै दुई वर्ष पुग्न लाग्दा कांग्रेसले पदाधिकारी चुनेको हो । जिल्ला कार्यसमितिको बिहीबार सम्पन्न १६ औँ बैठकले पदाधिकारी चयन गरेको हो।

बैठकले निर्वाचित जिल्ला सदस्य हरिप्रसाद नेपाललाई उपसभापति, निशान ढुंगेललाई सचिव र किरण न्यौपानेलाई सहसचिवमा सर्वसम्मत चयन गरेको हो ।

बैठकमा जिल्ला सभापति दुर्लभ थापाले कांग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को दफा १० को उपदफा ३ अनुसार निर्वाचित जिल्ला सदस्यहरू नेपाल, ढुंगेल र न्यौपानेको नाम क्रमशः उपसभापति, सचिव र न्यौपानेको नाम अनुमोदनको लागि प्रस्ताव गरेको थियो ।

त्यसैगरी जिल्ला सभापति थापाले जिल्ला सदस्यमा दिलकृष्ण प्रजापति, गजेन्द्र शंकर तिमिला र विनोद प्रसाद कुईंकेललाई जिल्ला सदस्यमा मनोनयन गरेका छन् । सभापति थापाले यसअघि रवीन्द्र प्रधान, सुशिल बस्नेत र दयामान कर्माचार्यलाई सदस्यमा मनोनयन गरेका थिए ।

सभापति थापाले यसअघि जिल्लाका महासमिति सदस्यहरू गणेशमान चक्रधर, बाबुराजा जोशी, रामेश्वरप्रसाद ढुंगेल, मदनकृष्ण श्रेष्ठ, रजनी जोन्छेंलगायतका नेताहरूलाई पनि स्थायी आमन्त्रित जिल्ला सदस्यमा मनोनयन गरेका थिए । समितिमा अझै दुई सदस्य मनोनयन गर्न बाँकी रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?