खोलाले बगाएर मृत्यु


नवलपरासी :  नवलपरासीको कावासोतीमा रहेको केरुङ्गे खोलाले बगाएर गएराति एक जनाको मृत्यु भएको छ ।

 

कावासोती नगरपालिका १४ हेगौली निवासी ५० वर्षीया मालसिंह महतोको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकरी दिएको छ ।

 

खोलापारी खेतमा माछा मार्ने ढडिया थापेर फर्किने क्रममा उनलाई राति ११ बजे तिर खोलाले बगाएको स्थानीयले बताएका छन् । खेतमा गएका उनी राति अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा राति १ बजे केही तल शव भेटिएको थियो ।

 

उनको शव पोष्टमाटर्मका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?