पहिरोले पासाङल्हामु राजमार्ग अवरुद्ध


नुवाकोट: पासाङल्हामु राजमार्गको ककनी गाउँपालिका–४ चौतीसकिलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

शुक्रबार राति गएको पहिराले सयौँ सवारी साधन अलपत्र परेका छन् । सडकभन्दा माथिको डाँडा खसेर सडक अवरुद्ध भएका कारण पन्छाउन समय लाग्ने अलपत्र पर्नुभएका एक यात्रुले जानकारी दिएका छन् ।

शनिबार बिहानबाट पहिरो पन्छाउने काम शुरु भएको स्थानियलेृ जानकारी गराएका छन् । उक्त राजमार्गको बढाउने क्रममा पहाडका भित्तालाई खोपेर लगिदा पानी परेको समयमा पटक पटक पहिरो आएर सडक अवरुद्ध हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?