बालसैन्य मुद्दा उठाउने विष्टलाई विदेश जान रोक


काठमाडौं : विदेश जान लागेको तत्कालीन माओवादीका पूर्वबाल सैनिक लेनिन विष्टलाई सरकारले विमानस्थबाट फिर्ता गरेको छ ।

माओवादी लडाकुको प्रमाणीकरणका क्रममा कम उमेरका कारण बहिर्गमनमा परेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमनले शुक्रबार बिहान विमानस्थलबाट फिर्ता गरेको हो ।

अध्यागमनले सरकारलाई नसोधिकनै थाइल्यान्ड जान लागेकाले प्रस्थान अनुमति दिन नमिलेको पत्र विष्टलाई दिएको छ । थाइल्यान्डमा जुन कार्यक्रममा जान लागेको हो । अध्यागमनले दिएको पत्रमा लेखिएको छ । त्यस विषयसंग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएकाले प्रस्थान अनुमति नदिएको हो ।

विष्ट द्धन्द्धमा परेका युवाको समाजिक संलग्नता कसरी बढाउने भन्ने विषयमा बैंककस्थिर्त एसियन रिसर्च फाउन्डेसन संस्थाले आयोजन गर्न लागेको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?