कांग्रेसका मेयर र उपमेयरसँग छलफल, करबारे के निर्णय आउला ?


काठमाडौं– स्थानीय तहले लगाएको करबारे आलोचना भएपछि काँग्रेसले आफ्नो पार्टीबाट निर्वाचित मेयर तथा उपमेयरसँग छलफल सुरु गरेको छ । पार्टी कार्यालय सानेपामा केहिबेर अघिदेखि छलफल सुरु भएको हो ।

सो क्रममा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु र विज्ञले प्रशिक्षण समेत दिने काँग्रेसले जनाएको छ ।  काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विशेषगरी करबारे चारजना विशेषज्ञले अवधारणा प्रस्तुत गर्नेछन् ।

कानुन, विकास र समन्वय र अनतरपार्टी समन्वयलाई प्राथमिकता दिइनेछ ।  कार्यक्रममा सहभागि मेयर तथा उपमेयरहरुलाई अर्थतन्त्रबारे राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा र कानुुनसम्बन्धी कानुन व्यवसायी शेरबहादुर केसीले अवधारणा प्रस्तुतिसहितको प्रशिक्षण दिनेछन् ।

पूर्व सचिव कृष्ण ज्ञवालीले विकास र समन्वय तथा राजनीतिक समन्वयबारे र महामन्त्रीले शशांक कोइरालाले अवधारणापत्रसहित प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिएका छन् ।

‘बिशेषगरी उनीहरुका कुरा बढी सुन्ने र उनीहरुलाई स्थानीय विकास, आर्थिक नियम, पारदर्शीता र अरुसँगको समन्वयका लागि अपनाउनुपर्ने भुमिकाका बारेमा जानकारी दिइन्छ ।  स्थानीय तहहरुले कर बृद्धि गरेसँगै सर्वसाधारणबाट बिरोध सुरु भएपछि काँग्रेसले भदौ पहिलो साता आफ्नो पार्टीबाट निर्वाचित मेयर तथा उपमेयरहरुलाई काठमाडौ बोलाएर प्रशिक्षण दिने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?