टिपर आतंक हटेन,टिपरले फेरि लियो ज्यान


नुवाकोट : नुवाकोट जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट फोहोर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो  ।

दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?