म्युजिक भिडियोका तीन स्टार अभिनित आदत २ सार्वजनिक


काठमाडौं :  गीतकार अम्बिका गुरुङको शब्द समावेश नयाँ गीत आदत २ रिलिज भएको छ।

आइतबार युट्युबमार्फत उक्त गीत रिलिज गरिएको हो। सुमन केसीको स्वर रहेको आदत २ मा शंकर थापाको संगीत समावेश छ। आदतको सफलतासँगै अम्बिकाले आदत २ तयार गरेकी हुन्।

शान थापा निर्देशित आदत २ मा म्युजिक भिडियोका तीन स्टार कलाकारहरू पल शाह, पुष्प खड्का, निराजन प्रधानको अभिनय रहेको छ भने उनीहरूलाई नायिका दीपिका प्रसाईंले साथ दिएकी छिन्।

तीन कलाकारले सँगै काम गरेको यो नै पहिलो म्युजिक भिडियो हो। भिडियोमा यी तिन स्टार र नायिकाको मेल गराएर भिडियो गराउन निकै चुनौतीपूर्ण भएको निर्देशक थापा बताउँछन्। ुभिडियोमा नयाँ केही गरेको छु म भन्दिनँ। तर, तीन स्टारलाई सँगै काम गराएको छु। दर्शकका लागि त्यही नयाँ हो। राजीव समरको करियोग्राफीमा तयार भएको भिडियोलाई बुद्ध थापाले खिचेका हुन्।

अर्जुन तिवारी डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?