श्रीलङ्कका राष्ट्रपतिद्वारा संसद् निलम्बन


कोलम्बो: श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटका बीच शनिबार संसद् निलम्बन गर्नुभएको छ । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रीपरिषद् विघटन भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद् पनि निलम्बन गर्नुभएको हो ।
संसद्का उच्च अधिकारीले आउँदो नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको पुष्टी गरेका छन् । शुक्रबार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संसद्को आपत्कालिन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसद्नै निलम्बन गरिदिनुभएको हो ।
विक्रमासिङघेले संसद्मा आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै बहुमत पुष्टी गरेर देखाउने बताइरहनुभएको थियो । उहाँले संसद्मा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आपूmलाई हटाउन नमिल्ने दावी पनि गर्नुभएको छ । संसद्मा आगामी आर्थिक वर्षका लागि आउँदो नोभेम्बर ५ तारिखका दिन वार्षिक बजेट पेश गर्ने कार्यक्रम रहेको थियो । बजेट पेश गर्न पनि नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलङ्कामा अव आर्थिक संकटसमेत आउन देखिएको छ ।
राष्ट्रपति सिरीसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उहाँले प्रधानमन्त्री परिवर्तन गर्नुभएको हो । सिरीसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री रानिल विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।
आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी महेन्द्रा राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत खुवाउनुभएको छ । गएको राष्ट्रपतिय निर्वाचनमा राष्ट्रपति सिरीसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गर्नुभएको थियो । आफ्ना विरोधी र प्रतिश्पर्धीलाई नै आफ्नै सरकारको प्रधानमन्त्री बनाएर राष्ट्रपति सिरीसेनाले चकित बनाउनुभएको छ । आर्थिक नीति र दैनिक प्रशासनको विषयलाई लिएर राष्ट्रपति सिरीसेना र प्रधानमन्त्री विक्रमासिंघेबीच लामो समयदेखि विवाद हँुदै आएकोमा राष्ट्रपतिले प्रधानमन्त्री परिवर्तन गर्नुभएको हो । विक्रमासिंघेको यूनाइटेड नेशनल पार्टी २०१५ देखि गठबन्धन सरकारको नेतृत्वमा थियो । (रासस/एएफपी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?