निरोगी जीवनको सूत्रहरु बजारमा प्राप्त


हरेक छाकमा शरीरलाई के खानुहुन्छ ? अक्सर हामीले पाउने जवाफ तन्तुहरुको, ‘दाल, भात, तरकारी, अचार ।’

बिहान दालभात । बेलुकी दालभात । हाम्रो मूख्य खान्की नै यही हो । अब प्रसंग स्वास्थ्यसँग जोडौं । हामीले खानेकुराबाट नै शरीरमा पोषक तत्वको आपूर्ति हुने हो । शरीरलाई जीवित राख्न मात्र होइन, तन्दुरुस्त, निरोगी राख्न पनि यी पोषक तत्वहरुको आवश्यक हुन्छ । अधिकांश पोषक तत्वको स्रोत हाम्रो खानपान नै हो ।

त्यसो भए हामीले हरेक छाक लिने खानामा ति सबैकुरा सामेल होला, जसले हाम्रो शरीरमा आवश्यक पोषक तत्व पुरा गर्छ ?

हाम्रो शरीरलाई स्वस्थ रहनको लागि कुन कुन तत्व आवश्यक छ र कति मात्रामा खाना खानु राम्रो हुन्छ भन्ने बारेमा हामीले थाहा पाइराख्नुपर्छ ।

आजभोलीका युवापुस्ता र बालबालिकाहरुले धेरै खान रुचाउने फास्टफुड, जंकफुड र लगायतका बाहिरी खानामा ती पोषक तत्व हुँदैनन् जुन हाम्रो स्वास्थ्यको लागि जरुरी हुन्छ ।

यसै कारण धेरै मानिसहरुलाई जीवनशैलीसँग जोडिएका रोगहरु जस्तै मधुमेह, क्यान्सर, फ्याटी लिभर, मुटुको रोग लाग्ने आदि हुन्छन् । यदि तपाईं पनि लामो समयसम्म स्वस्थ रहन चाहनुहुन्छ भने आफूले दैनिक खाने खानामा यी ६ तत्व समावेश गर्नु धेरै आवश्यक छ ।

१. प्रोटिन

प्रोटिन हाम्रो शरीरको कोष र तन्तुहरुको निर्माण मर्मत र सुरक्षाको लागि जरुरी छ । यस बाहेक प्रोटिन छाला आन्तरिक अंग र मांसपेसीको लागि धेरै अरुरी छ । प्रोटिनको २२ प्रकार मध्ये हाम्रो शरीरले १४ प्रकारका प्रोटिन बनाउन सक्छ र अन्य आठ प्रोटिन जसलाई एमिनो एसिडको नामले चिनिन्छ, केवल भोजनबाट मात्रै पाइन्छ ।

सन्तुलित खानामा हाम्रो शरीरले बनाउन नकस्ने यी ८ प्रकारको प्रोटिन हुन अनिवार्य छ । यसैले माछा, मासु, अण्डा, पनिर जस्ता खाद्यपदार्थमा एमिनो एसिड हुन्छ ।

२. पानी

पानी हाम्रो शरीरको लागि सबैभन्दा आवश्यक तत्व हो । मानव शरीरको लगभग ७० प्रतिशत भाग पानी हुन्छ । पानी हाम्रो अस्तित्वको लागि आवश्यक छ र यसलाई पर्याप्त मात्रामा लिनु पर्छ ।

यसले शरीरलाई हाइड्रेट गर्छ र शरीरको कार्यसम्पादनलाई ठिक राख्छ । पानी हाम्रो प्रतिरोधी प्रणालीको लागि धेरै आवश्यक छ र शरीरको धेरै क्रियाहरुमा यसको प्रयोग हुन्छ ।

यसैले दैनिक खानाको साथसाथै पानी र तरल पदार्थको आवश्यकता पर्छ । तपाईंले हरेक दिन कम्तीमा पनि ८-१० गिलास पानी पिउनुपर्छ ।

३. कार्बोहाइड्रेट

कार्बोहाड्रेट सन्तुलित आहारको मुख्य घटक मध्ये एक हो । शरीरका सबै अंग, कोष र तन्तुहरुलाई ग्लुकोजको आवश्यकता हुन्छ जुन कार्बोहाइड्रेटको रुपमा हुन्छ ।

कार्बोहाइड्रेट साबुत अन्न, फल, सागसब्जीहरु जस्ता खाद्यपदार्थमा पाइन्छ ।

क्यान्डी, पेस्ट्री, कुकिज र अन्य पेय पदार्थबाट पनि कार्बोहाइड्रेट पाइन्छ तर यसमा धेरै हानीकारक तत्वहरु पनि हुन्छ त्यसैले हामीले स्वस्थ कार्बोहाइड्रेटको सेवन गर्नु आवश्यक छ । औसतमा एक वयस्कले दैनिक लगभग ४५ देखि ६५ प्रतिशत क्यालोरी कार्बोहाइड्रेटको रुपमा लिनु पर्छ ।

४. फाइबर

फाइबर अर्थात रेशादार आहार । फाइबरले शरीरलाई अतिरिक्त उर्जा प्रदान गर्ने मात्रै नभई पेट पनि सफा बनाउँछ । फाइबरले आन्द्राको राम्रोसँग सफाइ गर्छ र मललाई पनि नरम बनाउँछ ।

यस बाहेक यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउँछ । फाइबरयुक्त खाद्यपदार्थ सिर्फ कब्जको लागि मात्रै होइन मधुमेह, दम, मुटुरोग र क्यान्सरलाई पनि टाढा भगाउन सहायक हुन्छ । शरीरको प्रतिरोधी प्रणालीलाई सुचारु राख्न फाइबरले प्रमुख भुमिका निभाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?