अख्तियारले काट्यो आइजिपीलाई पत्र


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई पत्र काटेर जवाफ माग गरेको छ । प्रहरी महाशाखा, आयोगका क्षेत्रीय कार्यालय र सम्पर्क कार्यालय आइजिपी खनालले आफू मातहत ल्याएको भन्दै अख्तियारले लिखित जवाफ मागेको हो ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले यसबारेमा बुझ्न पत्र काटिएको बताए । अख्तियारले आफू मातहत रहेको प्रहरी महाशाखा के कति कारणले आइजिपी सचिवालयमा राखियो भन्ने प्रश्नको जवाफ माग गरेको हो । आइजिपी खनालले यी कार्यालय गत मंसिर ११ गते आफ्नो सचिवालयमा मातहत रहने भन्दै अख्तियारलाई पत्र पठाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?