दुरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा


काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन् ।

झाले सूचना तथा संचार मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।
दोस्रो कार्याकालका लागि प्राधिकरण अध्यक्षमा सरकारले झालाई नियुक्ति गरेसँगै सर्वत्रत विरोध हुँदै आएको थियो ।

यसअघि नेकपाका ४३ केन्द्रीय सदस्यले झाको राजीनामा माग गर्दै अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो ।
उनीहरुले बुझाएको पत्रमा दिगम्बर झा जस्ता भ्रष्टलाई राजनीतिक नियुक्ति गरेको र सरकारको सिफारिसमा राष्ट्रपतिबाट भ्रष्ट र विवादित व्यक्तिहरुलाई विभूषित गरेको भन्दै आपत्ति जनाएका थिए ।

यता बुधबार बिहान बसेको नेकपा स्थायी कमिटीमा पनि झाको राजीनामा विषय पुगेको बताइएको छ ।
यस्तै झाले बुधबार पत्रकार सम्मेलन गर्दै आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफू पदमा नबस्ने स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?