शिक्षक सरुवाको विरोधमा महानगरपालिका अगाडि प्रदर्शन


वीरगंज । प्रधानाध्यापक सरुवाको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले आज पनि वीरगंज महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा वीरगञ्जको माईस्थान विद्यापीठ माविका विद्यार्थी र प्रहरीबीच झडप समेत भएको छ । झडपका क्रममा एक प्रहरी र चार विद्यार्थी घाइते भएका छन् ।

विद्यार्थीहरूमा सोनी सिंह, रोहित चौरासिया, सुवेस झा र सिद्धार्थ सराथ झडपमा घाइते भएका हुन् ।
यस्तै प्रहरी जवानमुकेश यादवपनि घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । प्रदर्शनमा सहभागी केहि विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले लाठीचार्ज गरेपछि समेत विद्यार्थीहरुले केही समय घन्टाघर अगाडी प्रदर्शन गरेका थिए । माईस्थान विद्यापिठका प्रधानाध्यापक विनोद मेहताको सरुवाको विरोधमा विद्यार्थीहरुले केही दिनदेखि प्रदर्शन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?