बालिका बलात्कार गर्ने नियन्त्रणमा


सप्तरी । सप्तरीको अग्नि सायर कृष्ण सवरण गाउँपालिका–१ जण्डोल बस्ने ७ वर्षीया बालिकालाई बलात्कार गर्ने एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय सुन्दरकुमार सदा रहेका छन् ।

उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?