१ लाख ३८ हजार कर्मचारी समायोजन गरिँदै


काठमाडौं । सरकारले तीन तहमा नयाँ संरचनाअनुसार एक लाख ३८ हजार १ सय ७८ कर्मचारी समायोजन गर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले केन्द्र, प्रदेश र स्थानीय तहका लागि कर्मचारी समायोजन गर्न अनलाइन सफ्टवेयर बुधबारदेखि शुरु गरिएको बताए ।

बुधबार संसद्को राज्यव्यवस्था समितिमा बोल्दै मन्त्री पण्डितले कर्मचारी ट्रेड युनियनसँग छलफल गरेर कर्मचारी समायोजन अध्यादेश ल्याइएको बताए ।

उनले भने, ‘संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ समायोजन गरिनेछ ।’
छलफलमा केहि सांसदहरुले कर्मचारी समायोजन प्रक्रिया अव्यवहारिक भएको भन्दै अध्यादेश फिर्ता लिएर संसदबाट ऐन पारित गरेर जान सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?