माछापुच्छ्रे बैंकको नयाँ शाखा औपचारिक शुरु


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सुनकोशी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले ओखलढुंगाको सुनकोशी गाउँपालिकास्थित सुनकोशी शाखा कार्यालयको औपचारिक सुरु गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश सभाका सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

यस अघि यो स्थानीय निकायमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । सुनकोशी शाखाकार्यालयको औपचारिक सुरुवातपछि यस सुनकोशी गाउँपालिकामा उपस्थिति जनाउने पहिलो बैंक बन्न सफल भएको छ ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ ।

बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८९ वटा शाखाहरु र ४६ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा १ सय ३५ स्थानबाट ग्राहकलाई बैंकिङ सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?