‘सफलता प्राप्त गर्न सामूहिक प्रयासको खाँचो’


काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ डिस्ट्रिक्ट गर्भनर इलेक्ट रोटरियन किरणलाल श्रेष्ठले आफ्नो कार्यकालका ऐसिसटेन्ट गर्भनरहरुसँग अन्तरक्रिया गरेका छन् । रोटा इयर २०१९— २०२० का एसिसटेन्ट गर्भनरसँग डिस्ट्रिकट गर्भनर इलेक्ट, गर्भनर नोमिनी र पूर्व गर्भनर एवं एडभाइजरी काउन्सिल सदस्यविचमा काडमाडौंमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तक्रियामा डिस्ट्रिक्ट गर्भरनर इलेक्ट किरणलाल श्रेष्ठले रोटरी डस्ट्रिक्टलाई कसरी माथि पु¥याउन सकिन्छ भन्ने सन्र्दभमा राय सुझावका लागि अन्तरक्रिया आयोजना गरिएको बताए । आगामी दिनमा अझ बढी उल्लेखनिय एवं अनुकरणीय काम रोटरी मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया एवं संवादले सहयोग पु¥याउने उनको भनाई थियो । उनले आफु गर्भनर हुँदाको नारा ड्रिम इट, विस इट र डु इट रहेको बताए ।

रोटरी डिस्ट्रिक्ट ३२९२को इतिहासमा कसरी नयाँ आयाम थप्न सकिन्छ भनेर आफुले आजैदेखि नै ऐसिसटेन्ट गर्भनर एवं एडभाइजरी काउन्सिल लगायतसँग छलफलमा जुटेको बताए ।

रोटरी टिम वर्क भएकाले सफलता प्राप्त गर्नका लागि सामूहिक प्रयासको खाँचो रहेको रहेको उनले बताए । क्लवलाई गतिशिल बनाउन एवं दिशानिर्देश गर्नका लागि एसिसटेन्ट गर्भनरको भूमिका महत्वपूर्ण हुने श्रेष्ठको भनाई थियो । कार्यक्रममा रोटा इयर २०१९— २०२० २६ जना ऐसिसटेन्ट गर्भनर मध्य २४ एजीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पूर्व गर्भनरहरु तीर्थमान शाक्य, बासुदेव गोल्यान, डिस्ट्रिक्ट गर्भनर नोमिनी राजीव पोखरेल, एडभाइजरी काउन्सिलका तर्फवाट अम्बिका श्रेष्ठ, मिथिलेश कुमार झा, विश्वकेशर मास्के , डिस्ट्रिक्ट ट्रेनर जितेन्द्र राजभण्डारी, डिस्ट्रिक्ट सेक्रेटरी राजेन्द्र शाक्य लगायतले मेम्बरसिप, टिआरएफ लगायतका विषयमा धारणा राखेका थिए । अन्तरक्रियामा सहभागि एसिसटेन्ट गर्भनरहरुले आफ्ना सुझाव एवं ज्ञिजासा राखेका थिए ।

अन्तरक्रिया कार्यक्रमको होस्ट क्लवका रुपमा रोटरी क्लव अफ त्रिपुरेश्वर, रोटरी क्लव अफ काठमाडांंैं, रोटरी क्लव अफ पशुपतिनाथ र रोटरी क्लव अफ काठमाडौं नर्थ इस्ट रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?