निर्मलालाई न्यायको माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन


काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास अगाडि प्रदर्शन गरिएको छ ।

विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ व्यानरमा बालुवाटार चोकमा प्रदर्शन गरिएको हो ।  प्रदर्शनकारीहरुले न्याय मर्न नदिऔ, सत्य हार्न नदिऔ भन्ने नारासहित शान्ति सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासनसहित गृहमन्त्री पनि असक्षम भएको दाबी गरे ।

उनीहरुले आपराधिक कार्यको अनुसन्धान गर्न प्रहरी असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धान सम्बन्धी विशेष तालिन दिन पनि माग गरेका छन् ।पन्तको बलात्कार पछिको हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न माग गर्दे राजधानी लगायत मुलुकभर दिनहुँ प्रदर्शन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?