प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई आज


काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाई आज हुँदैछ ।

संसदीय सुनुवाई समितिको दिउँसो सिंहदरबारमा बस्ने बैठकमा सुनुवाईका लागि राणालाई बोलाइएको छ । सुनुवाईका क्रममा राणा विरुद्ध परेका उजुरी र उनका भावी कार्ययोजनाका विषयमा समितिमा समेत छलफल हुनेछ ।

राणाविरुद्ध नौ वटा उजुरी परेका छन् । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण मंगलबार अनिवार्य अवकास लिने भएकाले समितिले सुनवाई टुंग्याउन लागेको हो ।

समितिले नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
जबरालाई गत मंसिर २७ गते संवैधानिक परिषद्ले संसदीय सुनुवाईका लागि सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?