बंगलादेशमा आज आमनिर्वाचन हुँदै


एजेन्सी । बंगलादेशका आज आमनिर्वाचन हुँदैछ । ११ औं आम निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मध्येबाट २ सय १९ जना सांसद चयन हुनेछन् ।

निर्वाचनमा करिब १० करोड मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । मतदानका लागि ४० हजार मतदान केन्द्र तोकिनुको छ भने अप्रिय घटना हुन नदिन ६ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचनमा प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने विश्लेषण गरिएको छ । विपक्षी दलका नेता खालिदा बेगम जिया भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले शेख हसिना वाजेदको पकड बलियो बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?