सुन्दरी प्रतियोगिताको उपाधि ‘बिजुलीकली’ले जितेपछि…


भरतपुर । हात्ती सुन्दरी प्रतियोगिताको उपाधि यस वर्ष ‘बिजुलीकली’ले जितेको छ ।

चितवनको सौराहामा जारी १५ औँ हात्ती महोत्सवमा आयोजित प्रतियोगितामा प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई उछिनेर १८ वर्षको ‘बिजुलीकली’ले उपाधि जितेको हो ।

प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फस्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेन्ड रनरअप १९ वर्षकी अलिशाकली भइन् ।
हात्तीको सरसफाइ, शृंगार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याकंन गरी उत्कृष्ट घोषित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?