प्रस्तावित प्रधानन्यायाधीश राणाको संसदीय सुनुवाइ आज


काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संसदीय सुनुवाइ आज हुँदैछ । संसदीय सुनुवाइ समितिको सिंहदरबारमा आज बस्ने बैठकमा राणालाई बोलाइएको छ ।

आइतबार शुरू भएको सुनुवाइ समितिको बैठक संघीय संसद्का कर्मचारीहरूको अवरोधका कारण बैठक आज सम्मका लागि स्थगित भएको थियो ।

बैठकमा प्रस्तावित प्रधानन्यायाधीश जबराले आफूमाथि लागेका आरोपहरूबारे जवाफ दिनेछन् । उनीमाथि नौवटा विभिन्न किसिमका आरोप लागेका छन् ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आज नै अनिवार्य अवकास लिने भएकाले समितिले सुनवाई टुंग्याउन लागेको हो । समितिले नाम अनुमोदन गरेपछि मात्रै राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?