संसदमा प्रधानमन्त्रीले आज गर्ने भनिएको सम्बोधन स्थगित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

१२ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि कार्यव्यस्तताका कारण स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संविधान संशोधन लगायतका समसामयिक विषयमा केन्द्रीत रहेर प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने तयारी थियो ।

आज प्रधानमन्त्रीले सम्बोधन गर्ने भन्दै संसद सचिवालयले बैठकमा कुनैपनि कार्यसुचि तय गरेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?