‘ए’ डिभिजन लिग : संकटा बन्यो उपविजेता


काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तरगत बुधबारको खेलमा थ्रीस्टार क्लबलाई हराउँदै संकटा क्लब उपविजेता बनेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्रीस्टार क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै संकटा लिगको उपविजेता बन्न सफल भएको हो ।

खेलको ३० औं मिनेटमा रन्जन विष्टको गोलबाट थ्रीस्टार क्लबले सुरुवाती अग्रता लिएको थियो । खेलको ४२ औं मिनेटमा संकटाका लागि अमित तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए । थ्रीस्टारका सुनिल बलले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीमा अमित गोल गर्न सफल भए । दोस्रो हाफमा संकटाले अर्को पेनाल्टी पाएको थियो । खेलको ६४ औं मिनेटमा पाएको पेनाल्टीमा पनि अमित चुकेनन् र खेल संकटाले २–१ ले जित्यो ।

खेलमा अमित म्यान अफ दि म्याच चुनिए । जितसँगै ए डिभिजन लिग फुटबलको उपविजेता बन्न सफल संकटाले १२ खेलबाट २८ अंक जोड्न सफल भयो । पराजित भएको थ्रीस्टार भने समान खेलबाट २३ अंक जोड्दै लिगको तेस्रो स्थानमा यथावत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?